बुटवल, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिने तयारीमा रहेका छन्। प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने तयारी गरेको स्रोतले जानकारी दियो।
अहिले केहीबेरपछि लुम्बिनी एमाले संसदीय दलको बैठक बस्दैछ। सरकारका प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले यसअघि मंगलबार बेलुका बुधबार बिहान संसदीय दलको बैठक बसेर केही निर्णय लिइने बताएका थिए।
तर उनले राजीनामाको विषय भने खुलाएका थिएनन्। अधिवेशन सुरु हुनुअघि नै उनले ठोस निर्णय लिइने बताएका थिए। विपक्षी गठबन्धनको समावेदनपछि लुम्बिनीका प्रदेश प्रखुम अमिक शेरचनले आज १ बजेका लागि प्रदेशसभा बैठक बोलाएका छन्।
Facebook Comments


























