साउन २७ । स्पेनिस टेनिस स्टार राफायल नाडालले क्यानेडियन ओपन टेनिस नखेल्ने भएका छन्। चोटको कारण देखाउदै नाडालले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्। नाडाललाई देब्रे खुट्टाको चोटले सताएको बताईएको छ।
‘यो घोषणा गर्दा म माफी चाहन्छु की यस वर्ष क्यानेडियन ओपनमा सहभागी हुन सक्दिन,’ नाडालले भनेका छन्, ‘मेरो खुट्टा तयार छैन। राम्रो अनुभव गरिरहेको छैन।’
नाडालले गत साता अमेरिकाको सिटी ओपन टेनिस खेलेका थिए। तर, उनी अन्तिम १६ बाट बाहिरिएका थिए। अब नाडालले युएस ओपनसम्म विश्राम गर्ने जनाएका छन्। युएस ओपन टेनिस अगस्ट ३० बाट सुरु हुनेछ। नाडालले ४ पटक युएस ओपन जितेका छन्।
Facebook Comments


























