काठमाडौं, साउन २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकार जनप्रिय भएको दाबी गर्दै अहिलेको गठबन्धनको सरकार अलोकतान्त्रिक भएको आरोप लगाएका छन्।
सोमबार एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक बाटोबाट आएको बताएका हुन्। ‘देशभक्त शक्तिविरुद्ध यो गठबन्धन बनेको हो। जनप्रिय सरकारलाई ढाल्न बनाइएको गठबन्धन हो यो’ ओलीले भने।
Facebook Comments


























