काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को लुम्बिनी प्रदेशका तीन सांसदले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) ले निष्काशन गरेका तीन सांसदले आफूहरूमाथि पार्टीले गरेको कारबाही रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
पार्टीको निर्देशनविपरीत जसपाका तीन जना सांसदहरु विजयबहादुर यादव, सन्तोकुमार पाण्डे र कल्पना पाण्डेले कारबाही रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
न्यायाधीश इश्वर खतिवडाको इजलाशले विपक्षीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई भदौ ८ गते अदालतमा बोलाएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।
Facebook Comments


























