मकवानपुर, साउन २० । १ सय २७ किलो लागुऔषध गाँजासहित प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका–८ सिमपानीबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार सुचनाका आधारमा बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई रोकेर चेक जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो। प्रहरीले ट्रक पनि नियन्त्रणमा लिएको छ। अहिले पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























