साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला मात्रै बताएको छ। कक्षा १२ को परीक्षा स्थगित भएको चर्चा सामाजिक सञ्जालको हल्ला मात्र रहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए।
‘केही अनलाइनले परीक्षा स्थगित भएको भनेर लेखेछन्। अहिलेसम्म त्यस्तो केही निर्णय भएकोछैन,’ पौडेलले भने, ‘सकेसम्म निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने हाम्रो कोशिस रहन्छ। परिस्थितिले रोक्नुपर्ने बनाएमा सूचना निकाल्छौँ।
परीक्षा तालिकाअनुसार यही ३१ साउनदेखि ९ भदौसम्म ‘होमसेन्टर’मै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।
Facebook Comments


























