मुम्बई, साउन १८ । बलिउडकी दिवंगत अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूर भलै आफ्नो करियरमा व्यस्त छिन्। उनले आफ्नो विवाहको बारेमा सोच्न पनि भ्याएकी छैनन्। तर यी अभिनेत्रीले आफ्नो विवाह कसरी हुन्छ भन्ने योजना चाहिँ बनाइसकेकी छन्।
जाह्नवीले ब्याचलर पार्टीदेखि लिएर विवाहको पहिरन र लोकेसनसम्मको सबै योजना तयार पारेकी छन्। जाह्नवी सामान्य किसिमले विवाह गर्न चाहिन्छन्। दुई दिनमै विवाहका सबै कार्यक्रम सम्पन्न गर्ने उनको कार्ययोजना छ। विवाह पछि रिसेप्सन पार्टी अनिवार्य नहुने उनको बुझाई छ।
एक पत्रिकासँगको कुराकानीमा उनले आफ्नो व्याचलर पार्टी हाफपेन्ट वा सामान्य किसिमको जिन्स पेन्ट लगाएर गर्नेछिन्। जुन पार्टी इटालीको कुनै जहाजमा हुनेछ। उनी तिरुपतिमा आफ्नो विवाह होस् भन्ने चाहिन्छन्। उनको मेहन्दी र संगीत समारोह मायलापुरमा श्रीदेवीको पुख्र्यौली घरमा हुनेछ।
जाह्नवीका अनुसार विवाहमा उनले काञ्जीवरम वा पट्टु पावादी साडी लगाउनेछिन्। उनले आफ्नो विवाहको तयारी सौतेनी बहिनी अंशुला कपूरले हेर्ने बताएकी छन्। त्यो समयमा पिता बोनी कपूर निकै भावुक हुने भएकाले उनले अंशुलालाई सबै जिम्मेवारी दिने योजना बनाएकी छन्।
जाह्नवीले सन् २०१८ मा फिल्म ‘धडक’बाट बलिउडमा पाइला चालिन्। बलिउडमा पाइला चालेको तीन वर्षमै उनी चल्तीकी अभिनेत्री बनेकी छन्।
कामको कुरा गर्दा उनी अभिनित फिल्म ‘रुही’ केही समय अघि रिलिज भएको थियो। जसमा राजकुमार राव र वरुण शर्मा प्रमुख भूमिकामा थिए। अब उनी करण जोहारको फिल्म ‘दोस्ताना २’मा देखिँदैछिन्। दैनिक जागरण


























