काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज सुनुवाई हुने भएको छ। सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई तोकेको हो। यसअघि उनीहरुको रिट हेर्न नभ्याउने सूचीमा राखिएको थियो।
माओवादी छोडेर एमालेमा प्रवेश गरेका टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभु साहले सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै १३ साउनमा सर्वोच्चमा रिट दायर गरेका थिए।
Facebook Comments


























