मकवानपुर, साउन १८ । भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा पहिरोले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।
भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैँसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए।
धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेकाले सडक खुल्न अझै तीनरचार घण्टा लाग्ने उनले बताए। रासस
Facebook Comments


























