साउन १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुन तोलामा १०० रुपैँयाले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैँयामा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ थियो।
चाँदीको मूल्य आज स्थिर छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँ नै कायम गरिएको छ।
Facebook Comments


























