साउन १७ । इंग्लिस क्लब एस्टन भिल्लाले युवा विंगर लियोन बेलीलाई अनुबन्धित गरेको छ। एस्टनले युवा विंगरलाई जर्मन क्लब बायर लिभरकुसेनबाट अनुबन्ध गरेको हो।
जमैकाका २३ वर्षीय लियोन २०१७ मा जेन्कबाट लिभरकुसेन आएका थिए। लियोनले लिभरकुसेनका लागि १ सय १९ खेलमा २८ गोल गरेका छन्। जमैकाका लागि उनले १० खेलमा १ गोल गरेका छन्। एजेन्सी
Facebook Comments


























