साउन १५ । हिजो शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी भनिएकी लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) अस्पतालमा भेटिएकी छन्।
स्वास्थ्यमा सम्स्या देखीएपछि उनी उपचारका लागि नेपालगन्ज गएकी माओवादी केन्द्रले जानकारी दिएको छ। उनले हिजोदेखि फोन नउठाएको कारण उनी सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो।
लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको कारण सत्ता जोगाउन सांसद किनबेच गर्न खोजेको आरोप विपक्षी गठबन्धनको छ। पति उत्तरकुमार वलीको मृत्युपछि भएको उपनिर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उनी प्रदेश सभा सदस्य चुनिएकी हुन्।
Facebook Comments


























