काठमाडौं, साउन १६ । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरू पुनः छलफलमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओलीले आजै अपरान्ह स्थायी कमिटी बैठक बोलाएका छन्।
बैठकअघि एउटा निचोडमा पुग्न कार्यदलका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन्। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदिप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी छन्।
कार्यदलका दुवै पक्षका नेताहरू एकता प्रयासका लागि शीर्ष नेताहरूलाई संवादमा ल्याउन प्रयासमा छन्। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास अझै सफल भएको छैन।
अध्यक्ष अोलीले एकताको नाममा लामो समय पार्टीलाई अनिर्णयको बन्दी बनाउन नमिल्ने भन्दै आज टुंगोमा पुग्न कार्यदलका नेताहरूलाई आग्रह गरेका छन्।
माधव नेपाललाई एकताको पक्षमा मनाउन ओली पक्षीय नेताहरु पौडेल र नेम्वाङले शुक्रबार र शनिबार पालैपालो भेटेका थिए। नेपालले आउने महाधिवेशनसम्म ओली सरह अधिकारसहितको अध्यक्ष माग गरेका छन्।


























