साउन १६ । तेलको ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको इजरायलले आरोप लगाएको छ। गएको बिहीबार भएको घटनामा चालकदलका दुईजनाको ज्यान गएको थियो।
लण्डनमा रहेको कम्पनी जोडियाक मारटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट (तेल बोक्ने पानी जहाज) मा भएको आक्रमणमा चालक दलका एक बेलायती र एक रोमानियन नागरिकको ज्यान गएको थियो। घटना अरबियन सागरको ओमन कोस्ट नजिक भएको हो।
इजरायली यातायात कम्नी अयाल ओफेरको स्वामित्वमा रहेको कम्पनीले सञ्चालन गरेको ट्यांकरमा आक्रमण भएको हो। घटनाको वास्तविकताको खोजीका लागि अनुसन्धान भइरहेको आफेरले उल्लेख गरेको छ।
इजरायलका विदेश मन्त्री यायर लेपिडले शुक्रबार इरानमाथि आतंकवादको आरोप लगाएका हुन्। इरान इजरायलका लागि मात्रै समस्या नभएर विश्वकै लागि रहेको र विश्व समुदाय चुप बस्न नहुने विदेश मन्त्री लेपिडले जारी गरेको वक्तव्यमा उल्लेख छ।
तर अझैसम्म जापानको स्वामित्वमा रहेको ट्यांकरमा भएको आक्रमणको विस्तृत विवरण भने थाहा भएको छैन। इरानले अझैसम्म इजरायलको आरोपमाथि टिप्पणी गरेको छैन। एजेन्सी


























