चितवन, साउन १२ । पूर्वी चितवनको राप्ती नगरपालिका ५ को भण्डारा चोक नजिकै भण्डारा-चेपाङ मार्गको बिच सडकमा स्थानियले थुपारेको फोहोर करिव २ घण्टा पछि राप्ती नगरपालिकाले डोजर लगाएर उठाएको छ।
नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नलाई भण्डाराबासीहरुलाई पटक पटक आग्रह समेत गरेको थियो।
पटक पटक सम्झाउदा पनि कुहिने र नकुहिने फोहर नछुट्याएको कारण आज नगरपालिका जाने बिच सडकमा भण्डाराका स्थानियबासीहरूले फोहोर थुपारेर यो अवस्था सिर्जना गरेको नगरपालिकाले जनाएको छ। अबबाट कुहिने र नकुहिने फोहोरहरुलाई बोरामा छुट्याएर राख्न पनि नगरपालिकाले अनुरोध गरेको छ।
Facebook Comments


























