साउन १२ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको तेस्रो दिन सुन तोलामा तीन सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी १ हजार २७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
Facebook Comments


























