काठमाडौं, साउन १० । गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेलले जिम्मेवारी पाएका छन्।
कारागार व्यवस्थापन विभागको महानिर्देशक रहेका पोखरेलले मन्त्रालयको जिम्मेवारी पाएका हुन्। सहसचिव पोखरेलले शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी पाएका हुन्।
पोखरेलले विभिन्न सात जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। पोखरेलले आजै प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन्।
Facebook Comments

























