काठमाडौं, साउन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन्। बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीसँग छलफलका लागि सितलनिवास पुगेका अध्यक्ष ओली दिउँसो साढे एक बजे बाहिरिएका छन्।
भेटमा भएको छलफलबारे कुनै जानकारी नगराइएको भएपनि संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी रहेको आशंका एमालेले व्यक्त गरेका बेलामा अध्यक्ष ओली र राष्ट्रपति भण्डारीका बीचमा छलफल भएको हो।
Facebook Comments

























