पोखरा, साउन ६ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कांग्रेसबाट तीनजना मन्त्रीको नाम टुंगो लागेपछि आजै सपथग्रहण हुने भएको छ।
कांग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाइने भएको छ। शर्मा बागलुङका कांग्रेस सांसद हुन्।
श्रेष्ठ भने कांग्रेस नेता गोपालमान श्रेष्ठका स्वकीय सचिव थिए। श्रेष्ठ मन्त्री बनेका बेला मेखलालले नै सबै काम हेर्थे। गोपालमानले नै उनलाई प्रदेशसभामा समानुपातिबाट सांसद बनाएका हुन्।
माओवादीले तीन मन्त्रीमा चन्द्र बुढा, रामजी बराल र दीपक घर्ती मगरलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई नाम दिइसकेको छ।
Facebook Comments

























