साउन ८ । दक्षिण अफ्रीकाले घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ। डुब्लिनमा बिहीबार राति भएको दोस्रो टी-ट्वान्टीमा ४२ रनको जित निकाल्दै दक्षिण अफ्रीकाले एक खेल अगाबै सिरिज २-० ले आफ्नो बनाएको हो।
यस जितसँगै तीन खेलको टी-ट्वान्टी सिरिजमा दक्षिण अफ्रीकाले २-० को अग्रता समेत बनाएको छ। पहिलो खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले हराएको थियो।
दक्षिण अफ्रीकाले दिएको १ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय १७ रन मात्र बनाउन सक्यो।
आयरल्याण्डका शान गेट्काटेले सर्वाधिक २४ रन बनाए। जर्ज डोक्रेलले २० रन जोड्दा पाउल स्ट्रर्लिङले १९ रन बनाए। मार्क एडिअरले अविजित १५ रन जोड्दा लोर्कन टुकर १२ रनमा आउट भए।
दक्षिण अफ्रीकाका ताब्रेज सामी र बेज्रोन फोर्टुनले ३र३ विकेट लिए। बिउरन हेन्ड्रीक्सले २ विकेट लिए। यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो।
दक्षिण अफ्रीकाका लागि डेभिड मिलरले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले। वियन मुल्देरले ३६ रन जोड्दा क्विनटन डी ककले २७ रन बनाए। आयरल्याण्डका लागि पाउल स्ट्रर्लिङ र मार्क एडिअरले २/२ विकेट लिए। एजेन्सी


























