चितवन, साउन ७ । रत्ननगर नगरपालिका वडा न १० मा रहेको उन्नति टोल विकाश संस्थाको अध्यक्षमा यम प्रसाद भट्ट चयन भएका छन्। आज (बिहीवार) सम्पन्न भएको संस्थाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौ औं अधिवेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन्।
सचिवमा मधु बिलास न्यौंपाने, कोषाध्यक्ष सोनु गिरी, सदस्यहरुमा राधिका अधिकारी, सविता न्यौपाने, सविना चौधरी, सुभद्रा रेग्मी, उर्मीला चौधरी चयन भएका छन्।
यस्तै, सल्लाहकार समितिको संयोजकमा सूर्यकान्त मिश्र, सदस्यहरु गोमा भण्डारी, गीता न्यांैपाने चयन भएकाछन्।
Facebook Comments


























