चितवन, साउन ७ । रत्ननगर नगरपालिका वडा न १० मा रहेको उन्नति टोल विकाश संस्थाको १४ औं वार्षिक साधारणसभा तथा पाँचौ औं अधिवेशन सम्पन्न आज (बिहीवार) सम्पन्न भएको छ।
टोल विकाश संस्थाका अध्यक्ष सूर्यकान्त मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १० का वडा सदस्य छन्नुराम चौधरी प्रमुख अतिथी रहेका थिए। संस्थाका सचिव मधु बिलास न्यौंपानेले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सोनु गिरीले भावी कार्ययोजना प्रतिवेदन पेश गरेकी थिइन्।
उक्त कार्यक्रममा घेघौंली टोल विकास संस्थाका अध्यक्ष मेघनाथ सुवेदी, सल्लाहकार समितिका सदस्य यम प्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
Facebook Comments


























