साउन ७ । म्यानचेस्टर सिटी र फ्रेन्च क्लब ट्रोएसबीचको मैत्रीपूर्ण खेल रद्द भएको छ। इंग्ल्यान्ड सरकारको नयाँ क्वारेन्टिन नियमको कारण सिटी र ट्रोएसबीचको खेल रद्द गरिएको हो।
प्रि-सिजन तयारी अन्तर्गत सिटीले जुलाई ३१ ट्रोएससँग उसैको मैदानमा खेल्ने तालिका रहेको थियो। तर, फ्रान्सबाट फर्किएपछि अनिवार्य १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि सिटीले मैत्रीपूर्ण खेल रद्द गरेको हो।
अब सिटीले जुलाई २७ मा च्याम्पियनसिप क्लब प्रिस्टनसँग खेल्नेछ। उक्त खेल बन्द रंगशालामा हुनेछ। सिटीले अगस्ट १५ मा टोटेनहमसँग खेल्दै सिजनको सुरुवात गर्नेछ। त्यसअघि सिटीले अगस्ट ७ मा लेष्टर सिटीसँग कम्युनिटी शिल्डको उपाधिका लागि खेल्नेछ। एजेन्सी
Facebook Comments


























