साउन ७ । इंग्लिस क्लब आर्सनलको अमेरिका भ्रमण रद्द भएको छ। अमेरिका भ्रमणमा जाने टोलीका सदस्यलाई कोरोना भाईरसको संक्रमण देखिएपछि आर्सनलले भ्रमण रद्द गरेको हो।
प्रि-सिजन तयारीका लागि आर्सनलले अमेरिका भ्रमण गर्ने तालिका रहेको थियो। आर्सनलले भ्रमण दौरान फ्लोरिडा कप खेल तय थियो। फ्लोरिडा कपमा इन्टर मिलान, एभर्टन र मिलोनारिओसबीच प्रतिस्पर्धा हुने तालिका रहेको थियो।
तर, कोरोनाको कारण आर्सनलको अमेरिका भ्रमण रोकिएको छ। आर्सनलले कोरोना संक्रमितको परिचय गोप्य राखेको छ। यस्तै संक्रमितलाई सेल्फ आईसोलेसनमा पठाईएको आर्सनलले बताएको छ। एजेन्सी
Facebook Comments


























