साउन ६ । प्रिमियर लिग क्लब एभर्टनले आन्द्रोस टाउनसेन्डलाई अनुबन्धित गरेको छ। एभर्टनले मंगलबार इंग्ल्यान्डका विंगर टाउनसेन्डलाई अनुबन्ध गरिएको जनाएको छ।
क्रिस्टल प्यालेसका विंगरलाई एभर्टनले फ्री ट्रान्सफरमा क्लब भित्र्याएको हो। गत सिजनको अन्त्यसँगै क्रिस्टलसँग उनको सम्झौता सकिएको थियो। ३० वर्षीय विंगरले एभर्टनसँग दुई वर्षको सम्झौता गरेका छन्।
राफायल बेनिटेज मुख्य प्रशिक्षक नियुक्त भएपछि एभर्टनले पहिलो खेलाडीको रुपमा टाउनसेन्डलाई अनुबन्ध गरेको हो। टाउनसेन्डले क्रिस्टलका लागि १ सय ८५ खेलमा १३ गोल गरेका थिए। उनी न्युकासलबाट २०१६ मा क्रिस्टल आएका थिए। उनले इंग्ल्यान्डका लागि १३ खेल खेलेका छन्। एजेन्सी
Facebook Comments


























