साउन ६ । पाहुना टोली भारतले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम श्रीलंकालाई पराजित गरेको छ। कोलम्बोमा मंगलबार राति भएको खेलमा भारतले श्रीलंकालाई ३ विकेटले हराएको हो।
यस जितसँगै भारतले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ। र, सिरिजमा २-० को अग्रता समेत बनाएको छ। श्रीलंकाले दिएको २ सय ७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा दिपक चाहरले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले। भुवनेश्वर कुमार १९ रनमा अविजित रहे।
यस्तै सूर्यकुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा मनिस पाण्डेले ३७ रन बनाए। कुर्नाल पाण्डयले ३५ रन जोडे भने कप्तान शिखर धवन २९ रनमा आउट भए। श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो। श्रीलंकाका लागि चारिथ आश्लन्काले ६५ रनको अर्धशतकीय इनिङ्स खेले।
अभिष्का फेर्नान्डोले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा चामिका करुनारत्नेले अविजित रहदै ४४ रन बनाए। मिनोद भानुकाले ३६ तथा धनन्जय सिल्भाले ३२ रन बनाए। भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले ३/३ विकेट लिए। दिपक चाहरले २ विकेट लिए। एजेन्सी


























