साउन ५ । प्रिमियर लिग क्लब आर्सनलले युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकोन्गालाई अनुबन्धित गरेको छ। आर्सनलले बेल्जियमको क्लब एण्डरलेक्टबाट अल्बर्टलाई अनुबन्ध गरेको हो।
बेल्जियमका युवा खेलाडीले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन्। २१ वर्षीय मिडफिल्डर २०२६ सम्म आर्सनलमा रहने छन्। एण्डरलेक्टको एकेडेमीमा हुर्किएका उनले २०१७ मा सिनियर टिममा डेब्यु गरेका थिए।
उनले एण्डरलेक्टका लागि ७८ खेल खेलेका छन्। अल्बर्ट बेल्जियमको यू-२१ टोलीका सदस्य समेत हुन्। एजेन्सी
Facebook Comments


























