साउन ३ । प्रि-सिजन तयारी अन्तर्गत पहिलो मैत्रीपूर्ण खेलमा इन्टर मिलानले जित निकालेको छ।
सिरी ुएु च्याम्पियन इन्टरले शनिबार राति स्विस क्लब लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको हो। यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको छ।
खेलको निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा इन्टरले बाजी मार्यो। पेनाल्टी अघि खेलको ३० औं मिनेटमा सान्डी लोब्रिचले गोल गर्दै लुगानोलाई अग्रता दिलाएका थिए।
३५ औं मिनेटमा मिकाइल फाचिनेट्टीले गोल गर्दै लुगानोलाई २-० को अग्रता दिलाए। तर, ३८ औं मिनेटमा डानिलो डीएम्ब्रोसीले गोल गर्दै इन्टरलाई २-१ को स्थितिमा ल्याए। त्यसपछि खेलको ५४ औं मिनेटमा इन्टरका मार्टिन साट्रीयानोले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए। एजेन्सी
Facebook Comments


























