साउन ३ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज डलरको भाउ शनिबारकै झैँ स्थिर रहेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























