काठमाडौं, असार ३१ । अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। प्रधानमन्त्री देउवालाई भेट्न बेरी देउवा निवास बुढानिलकण्ठ पुगेका थिए।
प्रधानमन्त्री देउवाले राजदूत बेरीसँगको भेटको फोटो सामाजिक सञ्जाल ट्वीटरबाट सार्वजनिक गर्दै आफ्नो नयाँ कार्यकालमा नेपाल(अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने बताएका छन्।
यसअघि मंगलबार प्रधानमन्त्रीको सपथ सकिनासाथ राजदूत बेरीले सामाजिक सञ्जालमार्फत् बधाई दिएका थिए। उनले मंगलबार राति नै फोन गरेर बधाई समेत दिएका थिए।
Facebook Comments


























