अग्रदय भण्डारी (अनुप), चितवन, धन्न रहेछौं। हामी जस्ताले त देउवा जस्तो बुढा नेताको पछि लाग्छौ, अनि कस्ले गर्छ युवा पक्षमा वकालतरु यो देशमा केपी ओली गए झोली बोकी देउवा आउने छन्, देउवा गए फलानो फलानो आउने छन्, तिनी फलानोहरू भनेका बुढा, भ्रष्टाचारी, झोले, अशिक्षित आदिआदि… तसर्थ यस्ता कुरामा खुशी हुनुको औचित्य छैन। यदि कसैले आफूलाई राष्ट्रभक्त ठान्छ भने देशमा सक्षम, शिक्षित, कुशल युवा नेतृत्वको खण्डमामा खुशी मनाऔं नत्र भने यी सबै झोले प्रवृत्ति हो।
यदि हामी न्यायालयले गरेको निर्णयलाई लोकतान्त्रिक निर्णय मानेका छौं। जुन निर्णयले सत्ता र देश चोरको मौसेरा भाइलाई बुझाउनु सरह हो। अब पनि ूजुन जोगि आए नि कानै चिरेकोू भन्ने उखान सार्थक हुन दिनु हुँदैन। जुन राजनैतिक दल लोकतान्त्रिक पद्धतिमा चल्दैन अर्थात् पार्टी विधानमा चल्दैन त्यस्ता राजनैतिक दल खारेजी सम्बन्धि मुद्दा निर्वाचन आयोगमा हुन्छ वा सर्वोच्च कहाँ हुन्छ त्यहाँ हालौं।
पार्टी, विधानको, भद्दा, मजाक,उमेर, हदबन्दी २०७३ सालमा नेपाली कांग्रेसले २८ वर्षे उमेर हद स्वीकार्दै स्ववियु निर्वाचनमा होमिन नेविसंघलाई निर्देशन दिएको थियो जुन दलमा भने सक्रिय राजनीतिबाट अवकाश हुने उमेर हदबन्दी भनेको मरणोपरान्त मात्र हो। अर्को रहयो नेकपा एमाले, जसको नवौँ महाधिवेशनले पार्टीको कार्यकारी पदमा बस्ने ७० वर्षको उमेर हद तोकेको थियो। २०७१ सालमा सम्पन्न महाधिवेशनले नयाँ पुस्तालाई पार्टी नेतृत्व हस्तान्तरण गर्न ७० वर्षे उमेर हद विधानमै पारित गरेको थियो। जतिबेला केही नेताले सक्रिय राजनीतिबाट अवकाश समेत लिएका थिए।
यति भन्दै गर्दा म यस्ता कुराको जानकार म नहुनसक्छु। नत कुनै विश्लेषक नै हु। मैले सुनेको थिएँ कुनैपनि राजनैतिक दलले यदि समयमा नै अधिवेशन गर्न सकेन भने दल खारेजी हुन्छ। यदि यस्तै हो भने पार्टीको समयमा नै अधिवेशन नगर्नु भनेको पार्टी विधान विपरीत हो। मैले यो कुरो किन जोड्दै छु भने मैले माथि भने झैं उमेरको हदबन्दी नमान्ने एमाले विरुद्ध मुद्दा हालौं कतै दल खारेजीको डरले भने नि, कुनै न कुनै युवा विकल्प निस्किन्छ कि? यो त उदाहरण मात्र हो नेपालका हरेक राजनैतिक दलमा यस्ता अनेकौं पार्टी विधान विपरीत कार्य भैरहेका छन्।
यति भन्दैमा अर्थात् उमेर हदबन्दी, युवा नेतृत्वको कुरा गर्दैमा सुशासन, समृद्धि आउला भन्ने कदापि होइन। यस पृथ्वीमा सक्षम, शिक्षित, कुशल जेष्ठ नागरिकले देशको नेतृत्व गरेर विकास, समृद्धि, सुशासन, अमनचैन कायम गरेको यस्ता उदाहरण प्रशस्त पाइन्छ तर देशको बागडोर जेष्ठ नागरिकले सम्हाले पनि युवा जनशक्तिको भरपुर प्रयोग गरेका हुन्छन्, हरेक क्षेत्रमा युवालाई अवसर दिएका हुन्छन्। हाम्रो देशमा माथि पाइएको प्रशस्त उदाहरण भित्र पर्छ तर बुढा नेतृत्व र युवा अवसर चाहिँ पर्छ, त्यि बुढा मर्ने बेलामा पनि मनमा राम नभएको, भ्रष्टाचारी, अशिक्षित हुन्छन् भने युवा अवसर पाउने युवा पनि अशिक्षित, पढेको भए नि गवार, झोले हुन्छन्। तर्सथ युवा नेतृत्व भएता पनि उन्नतिप्रगति सोच्न सकिँदैन।
यदि कसैले सक्षम, कुशल, शिक्षित युवा नेतृत्वको पक्षमा राज्यका हरेक संयन्त्र गएको खण्डमा खुशीयाली मनौंला। ओली, देउवा, प्रचण्ड, राजेन्द्र महतो आदिआदि प्रवृत्ति गयो भनेर नाराबाजी गरौंला।
























