काठमाडौं, असार २८ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप ५० देखि ५५ वर्षका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन्।
मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले पठाएको जोन्सन एन्ड जोन्सन खोप बुझ्दै प्राथमिकताका आधारमा अहिले आएको खोप उक्त उमेर समूहलाई दिइने तयारी गरिएको जानकारी दिए। खोप अभियान छिट्टै सञ्चालन गर्ने पनि मन्त्री श्रेष्ठले बताए।
अमेरिकी सरकारले कोभ्याक्स कार्यक्रममार्फत पठाएको जोन्सन एन्ड जोन्सन खोप एक डोज मात्रै लगाइने खोप हो।
Facebook Comments


























