असार २५ । जापानी पासपोर्ट विश्वकै सर्वाधिक बलियो पासपोर्ट घोषित भएको छ। पासपोर्टको अध्ययन गर्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्स २०२१ को सूचीमा जापान पहिलो स्थानमा छ।
नेपाली पासपोर्ट विश्वकै खराबको श्रेणीमा परेको छ। नेपाली पासपोर्ट १०९ स्थानमा छ। उत्तर कोरिया नेपालभन्दा एक स्थानले अगाडि छ। संसारका द्धन्द्धग्रस्त मुलुकसँगै नेपाली पासपोर्ट सूचीकृत छ। नेपाली पासपोर्टले ३८ वटा मुलुकमा पहुँच पाउने समेत इन्डेक्सले उल्लेख गरेको छ। सबैभन्दा पुछारमा सार्क मुलुक अफगानिस्तान ११६ नम्बरमा छ।
Facebook Comments


























