असार २५ । श्रीलंका क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावरलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। श्रीलंका क्रिकेटले ब्याटिङ प्रशिक्षक फ्लावरलाई कोरोना संक्रमण भएको जनाएको छ।
इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि गरिएको परिक्षणमा फ्लावरलाई कोरोना पोजेटिभ देखिएको हो। इंग्ल्यान्ड भ्रमणबाट फर्किएका टोलीका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ देखिएको श्रीलंका क्रिकेटले जनाएको छ।
कोरोना संक्रमण देखिएपछि फ्लावर सेल्फ आईसोलेसनमा बसेका छन्। श्रीलंकाले घरेलु मैदानमा भारतसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्दैछ। तीन खेलको एकदिवसीय सिरिज मंगलबार सुरु हुनेछ। यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज जुलाई २१ मा सुरु हुनेछ। एजेन्सी
Facebook Comments


























