काठमाडौं, असार २५ । अभिनेत्री जेनी कुँवर मृत भेटिएकी छन्। काठमाण्डौ थापागाउँमा रहेको सनराइज सिटी अपार्टमेन्टमा गएराति कुँवरको शव भेटिएको हो। झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ। कुँवर यही अपार्टमेन्टमै बस्दै आएकी चिइन्। पशुपति क्षेत्रमा माता बनेर हिँडेपछि ५० वर्षीया कुँवरको अन्तवार्ता लिने युट्युबरको सङ्ख्या बढेको थियो।
कुँवरले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, बिन्तिपत्र, मलाई माफ गरिदेऊलगायत चलचित्रमा अभिनय गरेकीछन्।
Facebook Comments


























