चितवन, असार २१। सामाजिक सुरक्षा कोषविरुद्ध प्राइम कमर्सियल बैंकका कर्मचारी विरोधमा उत्रिएका छन्। उनीहरूले कालो व्यानर बोकेर विरोध प्रदर्शन गरेका हुन्।
खाईपाई आएको सुविधा कटौती हुनेगरी कोषमा आवद्ध हुन दबाब र धम्की दिएको भन्दै विरोधमा उत्रिनु परेको उनीहरुले बताएका छन्। जबर्जस्ती कोषमा आवद्ध हुन दबाब दिइए कानुनी उपचारका साथै देशव्यापी आन्दोलन गर्ने चेतावनी बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले दिँदै आएका छन्।
तर कोषले भने आन्दोलनरत पक्षले दाबी गरेजस्तो कम सुविधा सामाजिक सुरक्षा कार्यक्रममा प्रदान नगरेको जिकिर गर्दै आएको छ। आफूहरूले उठाएका माग सम्बोधन गर्न सामाजिक सुरक्षा कोषसँग पटक–पटक वार्ता गर्दा पनि कुनै सुनुवाइ नभएको आन्दोलनरत पक्षले जनाएको छ।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







