काठमाडौं, असार २१ । प्रशिक्षक निशान श्रेष्ठ र फिजियो अनिश बुढाथोकी भारतीय आईलिग क्लब मिनेर्वा पन्जाबमा आबद्द भएका छन्। प्रशिक्षक श्रेष्ठ सिनियर टिमको सहायक प्रशिक्षक र बुढाथोकी टिम फिजियोको रुपमा भारतीय क्लबमा आबद्द भएका हुन्। श्रेष्ठ र बुढाथोकी पन्जाब समेत पुगिसकेका छन्।
प्रशिक्षक श्रेष्ठले क्लबसँगको पेपर वर्कको काम भईरहेको र केहि दिनमा औपचारिक सम्झौता हुने बताए। श्रेष्ठले मछिन्द्र फुटबल क्लबको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।
यस्तै नेपाल सुपर लिगमा श्रेष्ठ विराटनगर सिटी एफसीको सहायक प्रशिक्षक रहेका थिए। बुढाथोकीले मनाङ मर्स्याङ्दी क्लबका फिजियोको रुपमा काम गरिसकेका छन्। नेपाल सुपर लिगमा उनी विराटनगरकै टिम फिजियो रहेका थिए।
Facebook Comments


















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)







