असार २१ । नेपालले सहभागिता जनाउने एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिता सरेको छ। एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले सोमबार अक्टोबरमा तय भएको छनोट प्रतियोगिता सरेको जनाएको छ।
छनोट खेल अक्टोबर १३ देखि २४ सम्म हुने तालिका रहेको थियो। तर, कोरोना महामारीको कारण छनोट सारिएको एएफसीले जनाएको छ। एएफसीले छनोट प्रतियोगिता अब २०२२ को अप्रील १ देखि १५ सम्म हुने जनाएको छ।
यस्तै एएफसीले एएफसी फुटसल एसियन कपको फाइनल चरणको प्रतियोगिताको मिति समेत सरेको जनाएको छ। अब फाइनल प्रतियोगिता २०२२ को सेप्टेम्बर २५ देखि २० सम्म हुनेछ।
यस अघि फाइनल प्रतियोगिता २०२२ को फेब्रुवरी १६ देखि २७ सम्म हुने तय थियो। छनोटको लागि नेपालले गौरव बस्नेतलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
यस्तै एन्फाले नेपाली टिम फुटसलको ुएु डिभिजन लिग पछि छनोट गर्ने जनाएको थियो। कोरोनाको कारण फुटसल लिग समेत स्थगित भईसकेको छ।














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











