असार १८ । आज सुनको भाउ ५ सय रुपैयाँले वृद्धि भएको छ। हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको भाउ भने स्थिर छ। चाँदीको भाउ हिजो जस्तै आज तोलाको १ हजार ३१० रुपैयाँ तोकिएको छ।
Facebook Comments


























