असार १७ । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ। ला लिगाले बुधबार सन् २०२१/२२ को सिजनको खेल तालिका सार्वजनिक गरेको हो।
ला लिगाले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अगस्ट १४ मा १० खेल हुनेछन्। च्याम्पियन एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग खेल्दै सिजनको सुरुवात गर्नेछ।
रियल मड्रिडले पहिलो खेलमा अल्भेससँग उसैको मैदानमा खेल्नेछ। बार्सिलोनाले सिजनको पहिलो खेल रियल सोसिडाडसँग घरेलु मैदानमा खेल्नेछ। त्यस्तै सिजनको पहिलो एल क्लासिको भिडन्त अक्टोबरमा हुने भएको छ।
बार्सिलोना र रियल मड्रिडबीचको पहिलो एल क्लासिको भिडन्त अक्टोबर २४ मा क्याम्प नाउमा हुनेछ। यस्तै सान्टियागो बर्नाबेउमा हुने दोस्रो एल क्लासिको भिडन्त मार्च २० मा हुनेछ। एजेन्सी
Facebook Comments


























