असार १७ । दक्षिण अफ्रीकाविरुद्धको सिरिजका लागि आयरल्याण्डले टिमको घोषणा गरेको छ। आयरल्याण्डले बुधबार घरेलु सिरिजका लागि एन्ड्रयु बलब्रिनीको कप्तानीमा टोलीको घोषणा गरेको हो।
आयरल्याण्डले एकदिवसीय र टी-ट्वान्टीको लागि फरक फरक टिमको घोषणा गरेको हो। दक्षिण अफ्रीका र आयरल्याण्डबीच तीन खेलको एकदिवसीय र टी-ट्वान्टी सिरिज हुनेछ।
दुई टिमबीचको पहिलो एकदिवसीय ११ जुलाईमा हुनेछ। यस्तै पहिलो टी-ट्वान्टी जुलाई १९ मा हुनेछ। एजेन्सी
Facebook Comments


























