काठमाडौं, असार १६ । प्रतिनिधिसभा विघटनविरुद्ध आज विपक्षी गठबन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले देशभर प्रदर्शन गर्दैछन्।
अनेरास्ववियु क्रान्तकारीका नेता सुरेन्द्र बस्नेतका अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा केन्द्रम उपलब्ध नेताहरुको उपस्थितिमा प्रदर्शन हुनेछ। जिल्ला तहमा भने स्थानीय नेताहरुको अगुवाइमा प्रदर्शन गरिनेछ।
असंवैधानिकरुपमा प्रतिनिधिसभा विघटन गरिएको तथा भ्रष्टाचार, महंगी बढ्दा पनि नियन्त्रण नगरिएको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियू ,समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) संयुक्त आन्दोलनमा उत्रिएका हुन्।
Facebook Comments


























