काठमाडौं, असार ६ । कांग्रेस सभापति शेरबहादुर देउवालाई नेता कृष्ण सिटौलालाई कार्यवाहक सभापति दिएर अघि बढ्न उनी निकट नेताहरुले सुझाव दिएका छन्। देउवाले आइतबार वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए।
नेता भिमसेनदास प्रधानले सभापति देउवालाई सिटौलालाई कार्यवाहक दिएर अघि बढेमा महाधिवेशनमा नेतृत्व लिन सहज हुने नभए गाह्रो अवस्था रहेको सुझाव दिएका थिए। उनले निधिले साथ नदिने स्पष्ट पारिसकेपछि सिटौलालाई नै अघि बढाउँदा सहज हुने सुझाव दिएको एक नेताले जानकारी दिए।
“सिटौलालाई कार्यवाहक सभापति दिऊँ, नभए तपाईं जित्नुहुन्न,” प्रधानको सुझाव थियो, “यसरी जाँदा दोस्रो राउन्डमा जित्ने सम्भावना बढी हुन्छ।”
Facebook Comments


























