असार ६ । सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने सुविधा ल्याएको छ। यो सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन्।
समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकलाई कोरोना भाइरस संक्रमणको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले बैंकले अनलाइन सेवालाई व्यवस्थित पारिएको जनाएको छ।
Facebook Comments


























