असार १ । स्पेनले १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनसँग बराबरी खेल्दै अंक बाडेको छ। सेभियामा सोमबार राति स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो।
घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो। स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन।
यस बराबरीसँगै समूह ‘ई’ को स्पेनले १ अंक जोडेको छ। स्पेन समूहको दोस्रो स्थानमा रहेको छ। स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
यस समूहमा स्लोभाकिया ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। स्लोभाकियाले सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। अंक विहीन पोल्याण्ड समूहको पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























