पोखरा, जेठ ३० । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन्। घिमिरेले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष राजीनामा बुझाएका छन्।
आफ्नो ३ वर्षे कार्यकाल सन्तोषजनक रहेको भन्दै मुख्य न्यायाधिवक्ता घिमिरेले आफूलाई अवसर दिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश सरकारलाई धन्यवाद दिएका छन्।
गौतमले संघीयताको कार्यान्वयन, संविधानअनुसार प्रदेशमा कानुन निमार्णमा सहजीकरण र स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण गर्न आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म प्रयास गरेको बताएका छन्।
नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसमा कृष्ण चन्द्र नेपाली पोखरेल नियुक्त भएसँगै मुख्य न्यायाधिवक्ता घिमिरेले राजीनामा दिएका हुन्। उनले आजैका मितिदेखि लागु हुनेगरी राजीनामा दिएका हुन्।
Facebook Comments


























