जेठ ३० । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आज शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँ घटेकोको छ भने चाँदीको मूल्यस्थिर छ।
नयाँ मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।
शुक्रबार छापावाल सुन ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो भने तेजावी सुन ९४ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो। चाँदीको मूल्य भने स्थिर छ। चाँदी तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























