जेठ ३० । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) विभिन्न तीन खेलहरु हुँदैछ। युरोकपमा आज समूह ‘सी’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुनेछ।
आज हुने पहिलो खेलमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ। दुबै टिमलाई एक पटक उपाधि दाबेदार मानिएको छ। यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ।
समूह ‘सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ। आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच खेल हुनेछ।समूह ‘सी’ को नेदरल्यान्ड्सले घरेलु मैदानमा युक्रेनको सामना गर्नेछ। दुई टिमबीचको खेल राति पौने १ बजे सुरु हुनेछ। एजेन्सी


























