मोरङ, जेठ २७ । पेस्तोल र गोलीसहित प्रहरीले मोरङ केराबारीबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बू र बेलबारी नगरपालिका-२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बू रहेका छन्।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार गणेश लिम्बूको घरबाट कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच थान, गोली लोड गर्ने चाचर दुई थान र पेस्तोलको गोली एक थान बरामद गरिएको हो।
लिम्बूले वन्यजन्तु चोरी सिकारीका लागि हतियार र गोलीको बन्दोबस्त मिलाएको प्रहरीको आशंका छ। अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











