काठमाडौं, जेठ २६ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्रीहरुसँगै सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन्। समसामयिक विषयमा छलफल गर्ने भन्दै सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।
जेठ २८ गते संसद भवनमा सबै दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।
उनले भने,‘असंवैधानिक रुपमा भएको प्रतिनिधिसभा विघटनका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।’
यसअघि सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए। शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन्।
Facebook Comments


























